back
NMB ad

दैनिक परेको असिना पानीले एकै जिल्लामा करिब १० करोडको क्षति

Kumari bank ad

कास्की । यहाँ विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति भएको छ। जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षती पुर्‍याएको छ।

असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पुर्‍याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए। उनले २६ हेक्टरमा ३० प्रतिशत क्षती पुर्‍याएको बताए। त्यसै गरी करिब साढे ४ करोडको तरकारी बालीमा क्षती पुर्‍याएको छ भने अन्य खेती र बालीमा करिब १ करोडको क्षती पुर्‍याएको उनले बताए। २ सय ६५ हेक्टरमा लगाएको तरकारी खेतीमा ६० प्रतिशत क्षती पुगेको बताए ।

मुख्य गरी कास्कीको धम्पुस, धिताल, पुरुन्चौर, हेम्जा लगाएका ठाउँमा बढी नोक्सान गरेको उनको भनाई छ। हावापानी कार्यालयका पोखराका अनुसार पछिल्ला पाँच दिनमा १ सय ८ मिलिलिटर पानी परेको छ। प्रि(मन्सन सुरु भएका कारण असिना पानी सहित वर्षा हुने हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए। उनले मार्च, अप्रिल र मे महिना प्रि मन्सुनको महिना भएको बताए। उनले यो समयमा असिना, पानी र चट्याङ पर्ने बताए।

२४ चैत २०७३, सेतोपाटी, ७।००

वि.सं.२०७३ चैत २४ बिहीवार ०७:३० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...