back
NMB ad

नेपालीहरुको उपभोग्य खर्च ११ गुणा बढी

Kumari bank ad

काठमाण्डौं । गएको दुई दशकमा नेपालीहरुको उपभोग्य खर्च ११ गुणाभन्दा बढीले बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०५२/५३ को तुलनामा ०७२/७३ मा सो परिणामले बढेको देखिएको छ। गएको आर्थिक वर्ष प्रतिव्यक्तिवार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ। जुन आव ०५२/५३ मा ६ हजार ८ सय २ रुपैयाँ रहेको थियो।

व्यक्तिको क्रय शक्ती बढेको र मूल्य बृद्धि बढेकोले खर्चको रकम पनि बढ्दै गएको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

विभागको घरपरिवार सर्वेक्षण अनुसार आव ७१÷७२ को समिक्षा वर्षमा कूल वार्षिक औषत घरपरिवार खर्च पनि ११ प्रतिशतले बढेको छ। ७१/७२ नेपालको औषत वार्षिक घरपरिवारको उपभोग खर्च १६ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर १८ खर्ब २५ अर्ब पुगेको छ।

औषत पाँचजनाको परिवार रहेको नेपालमा ५४ लाखभन्दा बढी घरपरिवार रहेका विभागको आँकडा रहेको छ।

उपभोग खर्चको हिसाबले धनी र गरिब गाउँ र शहरबीचमा असमानता बढ्दै गएको पाइन्छ। तथ्यांकअनुसार त्यस्तो विभेद गाउँको तुलनामा शहरमा बढी रहेको विभागको तथ्यांक रहेको छ।

घरपरिवार सर्वेक्षण २०७२/७३ अनुसार गाउँका घरपरिवारको वार्षिक औसत उपभोग खर्च २ लाख ४८ हजार रुपैयाँ रहेको छ भने शहरी घरपरिवारको खर्च ४ लाख ३१हजार रुपैयाँ छ । यस हिसाबले गाउँमा नेपाली घरपरिवारको औषत वार्षिक खर्चभन्दा गाउँमा थोरै शहरमा धेरै रहेको छ । वार्षिक औसत उपभोग खच ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ रहेको छ।

यसैबीच खर्चको प्रकार अनुसार सहर र गाउँबीचका प्राथमिकता फरक फरक देखिएका छन्। सर्वेक्षण अनुसार सहरमा गैरखाद्य खर्च बढी छ भने गाउँमा खाद्यजन्य खर्च धेरै रहेको छ।

शहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत तथा गैर खाद्य उपभोग खर्च ५५.१ प्रतिशत छ भने ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ प्रतिशत तथा गैर खाद्यउपभोग खर्च ४०.२ प्रतिशत रहेको छ । समग्र नेपाली घरपरिवारको खाद्यउपभोग खर्च ५३.८० प्रतिशततथा गैर खाद्यउपभोग खर्च ४६.२ प्रतिशत रहेको छ ।

कुन चिजमा कति खर्च? (प्रतिशतमा¬) 
खाद्यन्नः ३२.१
माछामासुः १४.५
तरकारीः  १३.३
अण्डा र दुधः  ८.०
तेल तथा घिउः ७.८
मदिराः  ५.६
मसलाः ४.४
फलफूलः ३.९
सुर्तिजन्य उत्पादनः ३.७
चिनी तथा मिठाई ः २.९
रेष्टुरेन्टः २.४
चिया तथा कफिः  ०.८
हलुका पेय पदार्थः ०.७

२५ चैत २०७३, सेतोपाटी, ७।००

वि.सं.२०७३ चैत २५ शुक्रवार ०७:३६ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...