back
NMB ad

हाईड्रोको यो नै हो सबैभन्दा पहिलो आईपिओ,हेर्नुहोस् कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Kumari bank ad

काठमाडौ । २०७४ सालको पहिलो साधारण सेयर राधी विद्युत कम्पनी लिमिटेडले निष्कासन गर्ने भएको छ । कम्पनीले कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ । जसमध्ये आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि छुट्याइएको चार लाख १० हजार कित्ता सेयर वैशाख ४ गतेदेखी निष्कासन गर्ने जनाएको छ । उक्त सेयरमा न्यूनतम ५० कित्तादेखि ४ हजार कित्तासम्म आवेदन गर्न पाइनेछ । वैशाख ४ गते खुला हुने सेयरमा छिटोमा वैशाख १९ गते तथा ढिलोमा जेठ २ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक नबिल इन्भेष्टले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड दश लाख रुपैयाँ बराबरको चार लाख दश हजार कित्ता सेयर आयोजना प्रभावित लमजुङ बासीहरुलाई बिक्री गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने बताएको छ ।

अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशत हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाबिसका लागि एक लाख ६४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नबिल बैंक लमजुङ शाखा, ओम डेभलपमेन्ट बैंकको लमजुङ शाखा, कैलाश विकास बैंको लमजुङ शाखा र राधी हाइड्रो पावर, पावर स्टेशन घेर्मु ३ लमजुङबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक उत्पादन समेत सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरेको छ ।

राधी साना जलविद्यूत आयोजना ६० करोड रुपैयाँमा सम्पन्न भएको हो । जसमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुत्त रुपमा ऋण लगानी गरेका छन।

साथै यस कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १२:३१ मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...