back
NMB ad

सिरियामाथि अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

Kumari bank ad

अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो ।

गएको मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको हो । मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । अहिले भइरहेको मिसाइल आक्रमणको असरबारे कुनै जानकारी आएको छैन ।

बिहीबार सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल गरेको थियो । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल गरेका थिए । छलफलपछि शुक्रबार अमेरिकाले मिसाइल आक्रमण गरिरहेको हो ।
छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाका विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिएका थिए । विकसित देशहरुले सिरियामा द्वन्द्व समाधानमा भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १४:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...