back
NMB ad

अमेरिकामा नेपाल शो

Kumari bank ad

काठमाडौ । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् ।

रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन र स्टोरी साइकलका सस्थापक सौरभ ढकालले संयुक्त रुपमा प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

स्टोरी साइकल अमेरीकाको फोर्ट वर्थ कला केन्द्र र क्रोटेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ आयोजना गरेका हुन । शो आगामी अप्रिल २६ सम्म चल्ने छ । आइतबार बाहेक हरेक दिन विहान ९ बजे देखि साझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ ।

रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पूरानासिप र कलात्मक क्षमताको संरक्षण गर्न अतिआवश्यक रहेको भन्दै नेपालको पूननिर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताएका थिए ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...