१७ प्रतिशत बोनस बाँडेपछि इन्स्योरेन्स कम्पनीको १०० रुपैंया अंकित १९ करोडको सेयर आउँदै

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन आगामी बुधबार (चैत ३० गते)देखि सुरु हुँदैछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद समेत निष्काशन गरेपछि प्रभुको चुक्ता पूँजी ५७ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ ।

प्रकाशित मितिः २०७३ चैत २७

२०७३ चैत्र २७ गते १३:४७ मा प्रकाशित

You can share this post!

अमेरिकामा नेपाल शो

सुन किन्ने हो ? आज ५ सयले घट्यो

Related posts