back
NMB ad

जुन दिन सूर्य पश्चिमबाट उदाउने छ, त्यही दिन राजेश हमालपनि बुढो हुनेछ !

Kumari bank ad

दाङ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले सूर्य कहिल्यै पश्चिमवाट नउदाउने र आँफुपनि कहिल्यै बुढो नहुने बताएका छन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा हमालले भने, न सुर्य पश्चिम बाट कहिल्यै उदाउँछ,न राजेश हमाल कहिल्यै बुढो हुन्छ ।’ उनले भनेका थिए ‘ जुन दिन सूर्य पश्चिमबाट उदाउने छ त्यही दिन राजेश हमालपनि बुढो हुनेछ ।’

Rajesh Hamal dang

उमेरका हिसावले जति उकाली चढ्दै गर्दापनि तपाँई झनै जावन देख्निुको कारण के हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले मजाक गर्दै भनेका थिए ‘हेर्नुस म भर्खर २५ वर्षको मात्रै भए,तर म नेपाली चलचित्र खेल्न थालेको भने २८ वर्ष पुग्यो ।’ उनले दुई अर्थ लाग्ने शब्दको प्रयोग गरेर आँफु अझैंपनि चलचित्र क्षेत्रमा बिक्ने पात्रका रुपमा रहेको वा नेपाली चलचित्र भित्र अझैंपनि आँफुले सिक्नुपर्ने थुप्रै कुराहरु रहेको बताए ।

शरिरलाई मेन्टेन गरेर राख्नका लागि नियमित अभ्यास र खानामा ध्यान दिनु आवश्यक रहेको उनले स्पष्ट पारे । उनले भनेका थिए ‘ हेर्नुहोस, म मध्यपान,धुम्रपान वा सुर्ती चुरोट ,मदिरा केही खाँदीन र निरन्तर अभ्यास गर्छु अनि सकभर ढिडो, साग जस्ता अर्गानिक खानामा जोड दिन्छु।’ आफ्नो शारिरीक अवस्था सन्तुलन गर्न नसक्दा कतिपय मानिसहरु आज समय भन्दा बढ्दा बुढो देखिने गरेको बताए । उनले त्यस्को मुख्य कारण नखाने चिज धेरै खानुको परिणाम भएको बताए ।

चलचित्र निर्माण हुने समयले त्यस समयको कालखण्ड,भोगाई, सोचाई, परिस्थितिको चित्रण गर्ने हुँदा सामाजिक र राजतीतिक परिवर्तन संगै चलचित्रका विषय बस्तुपनि परिवर्तन हुुनु सामान्य कुरा भएको उनले बताए । हमालले चलचित्र नयाँ नयाँ प्रविधि संगै परिस्कृत र परिमार्जित हुँदै जाने हुँदा त्यही अनुरुप फड्को मार्ने बताए ।

आँफुले चलचित्र सुरु गर्दा तत्कालिन राजनीतिक, सामाजिक परिस्थिति फरक रहेको जानकारी दिँदै उनले त्यो कालखण्डको प्रतिनिधित्व आफ्ना सुरुवाति चलचलित्रले गर्ने बताए । आँफुले जहिले पनि थिचो मिचोमा परेका, गरिव, दुःखी आक्रोसले भरिएका युवाको भावना व्यक्त गर्ने पात्रको प्रतिनिधित्व गर्दैै अभिनय गरेको उनको धारणा थियो ।चलचित्र क्षेत्र गतिशिल रहेको उल्लेख गरेका उनले यसले कँही न कँही नयाँ मोड लिनुलाई अन्यथा मान्न नहुने उनको तर्क थियो ।

परिवर्तित समयसंगै चलचित्रको दायरा झनैं फराकिलो बन्दै जानु सुखद क्षण रहेको उनले बताए । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय लैजानको लागि उनीहरु भन्दा अलग पहिचानको मौलिक र पृथक चलचित्र बनाउन जरुरी रहेकोउनले तर्क गरेका थिए । चलचित्र निर्देशकको सृजना र सन्तान भएकोले अब आँफुपनि निर्देशक वन्न चाहेको उनले बताए । कला क्षेत्रमा प्रवेश गर्न सजिलो भएतापनि दर्शकको मन मस्तिस्कमा टिकी रहनु ठूलो कुला भएको उनले बताए । उनले आँफुलाई कलाकारको रुपमा भाग्य मानि भनेका थिए । चलचित्र असाध्यै लोकतान्त्रिक पद्धति भएकोले समाजको प्रतिनिधित्व गर्नेगरि अभिनय गर्न नसक्दा जतिबेलापनि जोखिममा पर्न सकिने उनको तर्क थियो ।

हमालले वर्तमान राजनीतिक अवस्थालाई निराश जनक रहेको चित्रण गरेका थिए । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई गायक हिमाल सागर पनि उपस्थित थिए ।

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १६:०९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...