डाउनपेमेण्ट नपुगेर गाडी किन्न सक्नुभएन ? तपाईलाई खुशीको खबर छ

काठमाण्डौं । डाउनपेमेन्ट नपुगेर गाडी किन्न सक्नु भएन ? तपाईका लागि खुशीको खबर छ । यो साउनदेखि नेपाल राष्ट्र बैंकले निजी सवारी साधन चढ्न डाउनपेमेन्ट तिर्नुपर्ने रकमको सीमा घटाउने भएको छ।

अत्याधिक गाडी आयात भएर ब्यापार घाटा उच्च भएको र बैंकहरुको एक्सपोजर बढेको भन्दै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा मार्फत राष्ट्र बैंकले गाडी किन्दा ५० प्रतिशत रकम आफैले हाल्नु पर्ने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकको ब्यवस्थापछि २० लाख पर्ने गाडी किन्नु पर्दा १० लाख जोहो गरेर बाँकी १० लाख रुपैयाँ मात्र बैकबाट ऋण लिन पाइने भएको थियो। अर्थतन्त्र सहज हुँदै गएकाले डाउनपेमेन्टमा केही खुकुलो हुनु पर्ने देखिएको भन्दै राष्ट्र बैंकले आगामी मौद्रिक नीतिबाट ५० प्रतिशतको सीमा ३० प्रतिशतमा झार्न खोजेको हो। नीति आएपछि बैंकहरुले ७० प्रतिशतसम्म ऋण दिन पाउँछन्।

२८ चैत २०७३,७।००

२०७३ चैत्र २८ गते ०७:३२ मा प्रकाशित

You can share this post!

अब १० रुपैयाँमा १० लाखसम्मको जीवन बिमा गर्न सकिने

लघुवित्तको आइपिओ किन्नुभयो ? भोलि अन्तिम दिन हो है

Related posts