back
NMB ad

एक करोड २० लाख रुपैयाँ बराबर आइपिओ आउँदै, भर्ने ठाउँ थाहा पाइराख्नुस्

Kumari bank ad

काठमाण्डौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । माहुलीले सर्वसाधारणका लागि एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

कम्पनीको आइपीओमा बैशाख ७ गतेदेखि छिटोमा बैशाख ११ गते तथा ढिलोमा बैशाख २१ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीले जारी गर्ने एक लाख २० हजार कित्ता साधारण सेयर मध्ये ४ हजार ८ सय कित्ता कर्मचारीलाई तथा ६ हजार कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याएको छ । सर्वसाधारण लगानीकर्ताले एक लाख ९ हजार २ सय कित्ता सेयरका लागि मात्र आवेदन गर्न पाउनेछन् ।

ईच्छुक लगानीकर्ताले आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलय मार्फत आवेदन गर्न सक्नेछन । साथै एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयहरु र सनराइज बैंकका विभिन्न १८ वटा शाखा मार्फत आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात ५ हजार रुपैयाँ बराबर र अधिकतम ६०० कित्ता अर्थात ६० हजार रुपैयाँ बराबरको आवेदन गर्न पाउने कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडले जनाएको छ । ।

२९ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २९ मंगलवार ०७:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...