back
NMB ad

उद्योग वाणिज्य महासंघको चुनाव आज : गोल्छा या प्रधान, कसले पाउला कमान ?

Kumari bank ad

काठमाण्डौं । निजीक्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि महासंघका उपाध्यक्षद्धय शेखर गोल्छा र किशोर कुमार प्रधानले आ– आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान बमोजिम गोल्छा र प्रधान दुवैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्याक्षका उम्मेदवारी दुवैले आर्थिक समृद्धिलाई चुनावको एजेन्डा बनाएका छन् ।

विभिन्न क्षेत्रबाट १ हजार ४ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी साधारण सभा अन्तर्गत आज मंगलबार आगामी नेतृत्वको लागि निर्वाचन हुनेछ। एसोसिएट उपाध्यक्ष, द्विराष्ट्र र संस्थापक सदस्य बाहेक अन्य सबै पदमा निर्वाचन हुने छ।

महासंघको निर्वाचन आयोगका अनुसार ८१ पदमा लागि १ सय ९ जनाले प्रतिस्पर्धा गर्दैछन्। कुल १ सय १२ जना उद्योगी÷व्यवसायीले मनोनयन दर्ता गराए पनि तीन वटा पद सर्वसम्मत भइसकेका छन्। महासंघमा एसोसिएटतर्फको एउटा उपाध्यक्ष सहित २० जना कार्यसमिति हुन्छ। चन्द्रप्रसाद ढकाल एसोसिएट तर्फबाट सर्वसम्मत रुपमा उपाध्यक्ष भइसकेका छन्।

त्यस्तै वस्तुगततर्फ एउटा उपाध्यक्ष सहित १५ जना कार्य समिति, जिल्ला÷नगर एउटा उपाध्यक्ष, खुलातर्फ १८ जना कार्यसमिति, सात वटा प्रदेशबाट ७ जना, १३ जना संस्थापकमध्येबाट १ जना, प्रत्येक प्रादेशिक बाट एक÷एक गरी ७ जनाको कार्यसमिति बन्ने व्यवस्था छ। महासंघको वरिष्ठ उपाध्यक्ष जित्नको लागि प्रतिनिधिहरुको पचास प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ।

यसका लागि साधारणसभा हिजोदेखि काठमाडौंमा सुरु भएको थियो जसको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

२९ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २९ मंगलवार ०७:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...