काठमाडौं । नेपाल धितोपत्र बोर्डले तिनाउ डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १०ः३.५ अर्थात् ३५ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो ।
बोर्डको अनुमति अनुसार कम्पनीले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ११ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रकाशित मितिः २०७३ चैत २९
वि.सं.२०७३ चैत २९ मंगलवार ११:३५ मा प्रकाशित