back
NMB ad

प्रथम चन्द्रागिरी महोत्सव सुरु, हेर्नुहोस् के–के छन् आकर्षण ?

Kumari bank ad

काठमाण्डौ। ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ चैत २९ गते अर्थात् आजदेखि चन्द्रागिरि महोत्सव शुरु भएको छ । चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी काठमाडौको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा स्थानीय कृषि उपज, घरेलू तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, स्थानीय कला संस्कृति, स्थानीय खानाका परिकार, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा, स्वरोेजगार फारम संकलन, लत्ता कपडा, मनोरञ्जन फनपार्क, पहिलो पटक काठमाडौंमा गोरु जुधाई लगायत गरी २५१ व्यवसायिक स्टलहरु रहेका छन् ।

पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादनहरु र अन्य विषयहरुलाई मूर्तरुपमा पहिचान र झन चिरपरिचित गराउन महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक समीर बलामीले बतए।

९ दिन सम्म संञ्चालन हुने महोत्सवमा चन्द्रागिरिको पृष्ठभुमि झल्कने होर्डिङ बोर्ड तथा फोटो प्रदर्शनी पनि हुनेछन्। यसको अलवा विभिन्न साँस्कृतिक कार्यक्रमहरु, ८ दर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, स्थानीय कला, संस्कृति र उत्पादनहरुको प्रत्यक्ष प्रदर्शन समेत गरिनेछ। करिब ३ लाख दर्शकहरुलले महोत्सव अवलोकन गर्ने लक्ष्य लिईएको छ ।

महोत्सवमा निशुल्क वाईफाई÷ईन्टरटनेट सुविधाको प्रवन्ध मिलाईएको छ। महोत्सवमा हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर चदेर चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु पनि राखिएको आयोजक समितीका सदस्य रोशन दानीले बताए। महोत्सवमा करिव पाँच करोड बराबरको कारोवार हुने लक्ष्य राखिएको छ।

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १२:३६ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...