आजबाट बजारमा आयो दुई बराबरको एकको अनुपातमा हकप्रद सेयर

काठमाण्डौं । आज चैत ३० गतेदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन भएकोछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।
३० चैत २०७३, ७।००

२०७३ चैत्र ३० गते ०७:३१ मा प्रकाशित

You can share this post!

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, हेर्नुस् कसले कति मत पाए ?

ट्राभल नेपालले ल्यायो रेष्टुरेण्ट र शौचालयको सुविधा भएको बस

Related posts