काठमाडौ। सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। मंगलबार सुनको भाउ तोलाको ५४ हजार ७०० रुपैयाँ रहेकोमा बुधबार ५५ हजार ४०० रुपैयाँ पुगेको हो।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदीको प्रति तोला ८१० रुपैयाँमा किनबेच भईरहेको छ ।
प्रकाशित मितिः २०७३ चैत ३०