युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले फागुनमा निष्काशन गरेको साधारण सेयरको बाँडफाँड भोली (चैत्र ३१ गते) गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल क्यापिटल लिमिटेडको कार्यलय लाजिम्पाटबाट सेयर बाँडफाँड गरिने बताइएको छ ।
कम्पनीले फागुन १९ देखि एक सय रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरमा मागभन्दा २५ गुणा बढी अर्थात् चार अर्ब बराबरको आवेदन परेको थियो ।
यसअघि कम्पनीले ३४ लाख पाँच सय कित्ता सेयर कर्मचारीहरुको लागि, ८६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानीकोषहरुलाई र ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई बाँडफाँड गरिसकेको छ ।
प्रकाशित मितिः २०७३ चैत ३०
वि.सं.२०७३ चैत ३० बुधवार १८:१९ मा प्रकाशित