back
NMB ad

कतै तपाई हल्लाको भरमा सेयर बजारमा लगानी गर्दै त हुनुहुन्न ?

Kumari bank ad

काठमाण्डौं । केही दिनयता तीव्र गतिमा सेयर बजार बढेपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ। हिजो बुधबार बिज्ञप्ति जारी गरी केही दिन यता सेयर बजार निरन्तर बढिरहेको भन्दै अनावश्यक हल्ला गरिएको र केही लगानीकर्ताले हल्लाको भरमा लगानी गरेको भन्दै पूँजी बजार नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सजग गराएको हो ।

विभिन्न संचार माध्यम, अनलाइनपोर्टल तथा फेसबुक र ट्विटरजस्ता सामाजिक संजालहरुमा धितोपत्र बजारको परिसूचक तथा सूचिकृत कम्पनीहरुको सेयरको मूल्यका सम्बन्धमा अनाधिकृत रुपमा विभिन्न खालका अड्कलबाजी आएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कतिपय लगानीकर्ताहरुले यस्ता समाचार तथा विचारहरुको आधारमा लगानी गर्ने गरेको भन्दै बोर्डले कम्पनीको कार्य सम्पादन स्थिति, लाभांश, हकप्रद, व्यबस्थापनमा परिवर्तन र भावी योजनाहरु बुझेर मात्रै लगानी गर्न आग्रह गरेको छ।

हाल देशको आर्थिक परिसूचकहरु तथा अधिकांश सूचिकृत कम्पनीहरुको अवस्था सन्तोषजनक देखिए पनि विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा गरिएको अडकल तथा अनुमान अनुरुप शेयरको मूल्य तथा नेप्से परिसूचकको अवस्था नरहन सक्नेतर्फ बोर्डले लगानीकर्तालाई ध्यानाकर्षण गराएको छ।

३१ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत ३१ बिहीवार ०७:४७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...