back
NMB ad

काठमाण्डौंमा अब शुक्रबार ‘फ्रि भेकल डे’, शुक्रबार गाडी चलाउन प्रतिबन्ध

Kumari bank ad

काठमाण्डौं ।  स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था भयावह रहेको भन्दै मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गरेका छन् । उनले हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ अर्थात् शुक्रबारको दिन गाडी चलाउन बन्द गर्नेदेखि निश्चित समयपछि उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाउने नीति अपनाउने प्रस्ताव अघि सारेका छन् ।

वायु प्रदुषणका कारण काठमाडौंको अवस्था इँटा भट्टामा बसेको जस्तो भएको भन्दै उनले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था आएको बताए । मन्त्री थापाको प्रस्ताव अनुसार हरेक शुक्रबारलाई ‘फ्रि भेइकल डे’ घोषणा गर्नुपर्ने र यो दिन अत्यावश्यक सेवा बाहेकका कुनै पनि सवारी चलाउन पाइने छैन ।

‘यदि यहाँ एक्टिभ सिभिल सोसाइटी हुन्थ्यो भने सबैभन्दा ठूलो जनसरोकारको विषय हुन्थ्यो र सरकार विहान बेलुकी यही विषयमा जुधेर बस्नु पर्ने हुन्थ्यो,’ मन्त्री थापाले अनलाइनखबरसँग भने, ‘यस्तो भयावह अवस्था हो कि स्टेट अफ इमर्जेन्सीको अवस्था हो । तर, हामी बेसरोकार छौं ।’

उनले वायु प्रदुषणले स्वास्थ्यमा पारेको प्रभाव र त्यसको समाधानका लागि भन्दै पाँच पृष्ठ लामो प्रस्ताव क्याबिनेटमा पेश गरेका छन् । प्रस्तावमा तत्काल एक्सनमा जाने गरी उच्चस्तरीय कमिटी बनाउने उल्लेख छ ।

उनका अनुसार काठमाडौं उपत्यकाको हावामा २.५ माइक्रोन भन्दा मसिना कण, जुन श्वासनलीमार्फत सिधै फोक्सोमा पुग्छ, यसको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा पाँच गुणा पुगिसकेको उल्लेख गरेका छन् । उपत्यकाको हावामा पीएम २.५ को मात्र ४८ माइक्रोग्राम/घनमिटर पाइएको छ । जबकी मापदण्ड अनुसार १० माइक्रोग्राम/घनमिटर हुनु पर्ने हो । यो मात्रा जाडो महिनामा सबैभन्दा बढी र २४ घन्टामा विहान ८ देखि १० बजेसम्म सबैभन्दा बढी भएको देखिएको छ ।

मन्त्री थापाले प्रधानमन्त्री स्वयमले चासो नलिने र मन्त्रिपरिषदले सवन्धित निकायलाई परिणाममुखी काम गर्न निर्देशन नदिने हो भने वायु प्रदुषणका कारण ज्यान जोखिममा पर्नेको संख्या दैनिक बढ्ने बताएका छन् ।

मन्त्री थापाले वायु प्रदुषण न्यूनिकरणलाई तत्काल अपलम्बन गर्नु पर्ने पाँच कदम पनि प्रस्ताव गरेका छन् । मेलम्चीको खानेपानीको पाइप विछ्याउने कामका कारण सडकको अवस्था विकराल भएको भन्दै उनले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् ।

सडक खनेपछि तत्काल ग्राभेल, अस्थायी कालोपत्रे गर्नु पर्ने, विकास निर्माणका काम गर्दा प्लास्टिकका टनेल निर्माण गरी ढाकछोप गरेर मात्र काम गर्नुपर्ने र काम भइरहेको स्थानमा पनि दिनमा दुईपटक पानी छर्कने व्यवस्था गर्नुपर्ने प्रस्ताव छ । धुलो तान्ने मेसिन प्रयोगमा ल्याउनु पर्ने, गुणस्तरीय मास्कको प्रयोग बृद्धि गर्नुपर्ने स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

दिर्घकालीन योजना अन्तरगत पैदल यात्री र साइकल यात्रीलाई प्रोत्सान गर्नु पर्ने प्रस्तावमा उल्लेख छ । साथै सरकारले समय तोकेर काठमाडौं उपत्यकाभित्र पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई उपत्यकामा गुड्न रोक लगाउने घोषणा गर्ने र त्यसअनुसार नीति बनाउने उनले प्रस्ताव अघि सारेका छन् ।

‘पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतिकरण गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने र योजना निर्माण गर्दा ऊर्जाको उत्पादनसँग संगतीपूर्ण हुने गरी ऊर्जा क्षेत्रको विकास पनि गर्दै जाने,’ स्वास्थ्यमन्त्री थापाको प्रस्तावमा भनिएको छ ।

साथै मास ट्रान्जिटलाई सरकारको प्राथमिक कार्यक्रम बनाउने र इँटा भट्टा तथा अन्य उद्योगलाई व्यवस्थित गर्ने पनि स्वास्थ्यमन्त्री थापाको प्रस्ताव छ ।

३१ चैत २०७३, अनलाईनखबर, ७।००

वि.सं.२०७३ चैत ३१ बिहीवार ०७:५४ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...