back
NMB ad

म्यानमारमा विदेशी लगानीमा प्रतिवन्ध, ६ खर्ब लगानी भित्रिनेमा आशंका

Kumari bank ad

म्यानमार सरकारले केही क्षेत्रको वैदेशिक लगानीमा प्रतिबन्ध लगाएको छ । म्यानमार लगानी बोर्डले वैदेशिक लगानी गर्न नमिल्ने केही क्षेत्रको घोषणा गरेको हो ।

हाल म्यानमारमा वैदेशिक लगानीका क्षेत्रमा केही वृद्धि भएको बताइएको छ । यसै क्रममा वैदेशिक लगानीको क्षेत्रमा हुनुपर्ने सुधारका क्रममा सुरक्षा, हातहतियार, राष्ट्रिय हुलाक टिकट, हवाई टिकट, वनजन्य वा वन पैदावरको प्रयोग हुने खालका उद्योग, रेडियसनसँग सम्बधित विषय, विद्युतीय शक्तिसँग सम्बन्धित केही वस्तु उत्पादनमा रोक लगाएको छ ।

यी क्षेत्रमा म्यानमारले वैदेशिक लगानी गर्न नदिने गरी नियमावली बनाएको म्यानमारको केन्द्रीय लगानी बोर्डले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।

स्वच्छ पानीमा हुर्काउन सकिने मत्स्यपालन, विभिन्न सेवा क्षेत्र र पत्रपत्रिका प्रकाशनको कार्य पनि केही सीमित प्रतिशतमात्र उत्पादन गर्न दिने गरी कानुन बनाएको बताइएको छ ।

म्यानमारमा सन् २०१६ मा मात्र करिब ७० लाख अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । त्यस आर्थिक वर्षमा म्यानमारमा विश्वका विभिन्न देशका करिब १३५ कम्पनी र फर्मले लगानी गरेका थिए ।

म्यानमारले यसै आर्थिक वर्षमा कम्तीमा पनि छ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने बारेमा लक्ष्य राखेको जनाएको छ । यसलाई म्यानमारका अर्थशास्त्रीहरूले पनि सरकारको महत्वाकांक्षी कार्यक्रमका रुपमा लिएका छन् ।

विगत लामो समयदेखि सैनिक शासनका माध्यमबाट शासन गरिएको र जसका कारण बाहिरी विश्वबाट पनि धेरै नै टाढा रहेको म्यानमारमा केही वर्षयतादेखि भने प्रजातान्त्रिक सरकार रहेको छ ।

यसै सरकारले म्यानमारमा आर्थिक विकास कैयौँ सम्भावना रहेको बताएको छ । साथै देशमा प्रजातान्त्रिक व्यवस्था र शान्तिपूर्ण अवस्था रहेकोले यहाँ वैदेशिक लगानीको वातावरण रहेको जानकारी सरकारले दिँदै आएको छ ।रासस/सिन्हवा

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...