back
NMB ad

फेसबुकमा नक्कली अकाउन्ट हुनेहरु सावधान !

Kumari bank ad

फेसबुकले आफ्नो वेबसाइटमा केही प्राविधिक परिवर्तन गरेको छ । जसमार्फत अब स्प्याम अकाउन्टको पहिचान गरेर त्यसलाई ब्लक गर्न निकै सजिलो हुनेछ ।

फेसबुकले अब यस्तो अकाउन्टको पनि पहिचान गरेर ब्लक गर्न सक्षम हुनेछ जुन हर्दा पनि अनधिकृत देखिन्छ । यसका लागि फेसबुकले नक्कली अकाउन्टको ढाँचा र क्रियाकलापमाथि निगरानी गरिरहेको छ ।

फेसबुकले फ्रान्समा ३० हजारभन्दा बढि नक्कली अकाउन्टलाई डिलिट गरिदिएको छ । बिहिबार एक बयान जारी गर्दै फेसबुकले कम्पनीका यस्ता नक्कली अकाउन्टलाई हटाउन चाहेको बताएको छ जुन अत्यधिक सक्रिय छन् र जसको पहुँच निकै धेरै छ ।

फेसबुकले यो कदम फेसबुकमा गलत सूचना र अफवाहलाई फैलनबाट रोक्नका लागि उठाएको बताएको छ ।

फेसबुकका प्राविधिक प्रोग्राम म्यानेजर शबनम शाइकले भने, ‘हामीले खबर पाएका छौं कि थुप्रै फर्जी खबर आर्थिक रुपले प्रेरित छन् र हामी एक जानकार समाज बनाउने आफ्नो प्रयास अनुसार बेइमान मानिसहरुले फेसबुकको लाभ उठाएर झुटो खबर फैलाउन नसकून भन्ने हो ।’

नक्कली अकाउन्टको छाँटकाँटका लागि फेसबुकले आफूहरु त्यसको सामग्रीमा नभई त्यसको क्रियाकलाप र ढाँचाको आधारमा पक्राउ गर्ने बताएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...