सुनको मूल्य बढ्ने संकेत, आइतबार ५५ हजार ७ सयमा किनबेच

काठमाडौ। आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ । आइृतबार चाँदीको भाउमा भने कुने परिवर्तन आएको छैन ।

अघिल्लो साताको शुक्रबार ५ महिनाकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य गत साता पनि बलियो देखियो । उत्तर कोरियामा बढ्दो तनाव र मध्य पुर्वि देशहरुबाट उच्च माग आइरहेकोले अन्तराष्ट्रिबजारमा सुनको मूल्य बढिरहेको विदेशी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अघिल्लो साता अमेरिकाले उत्तर कोरियामा मिसाइल प्रहार गरेपछि सुनको मूल्य उच्च भएको थियो । गत शुक्रबार तत्काल भुक्तानी गरिने (भौतिक) सुन प्रतिऔंस १ हजार २ सय ८४ डलरमा कारोबारमा कारोबार भइहेको थियो । शनिबार र आइतबार भने बिदेशी बजार बन्द रहने गर्छन् । डलर केही सस्तिंदा समेत सूनको मूल्य वृद्धि कायम रहन सकेको पनि सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य कम्तिमा पनि १३ सय डलर पुग्ने विश्लेषण गर्न थालिरहेका छन् । यसो भएमा नेपाली बजारमा पनि आगामी दिनमा सुनको मूल्य केही बढ्नेछ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

२०७४ वैशाख ३ गते १३:२६ मा प्रकाशित

You can share this post!

फोटोमा हेर्नुहोस् पाँचथरको चौरी महोत्सव !

बैंकको २०० प्रतिशत हकप्रदको यो अवसर नगुमाउनुहोला ! साथै बुक क्लोज मिति थाहा पाउनुहोस्

Related posts