काठमाडौ । सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक विदा कटौती गरेको छ। विदाको चौतर्फी विरोध र राष्ट्रपति विद्यादेवी भण्डारीको विदा दिनुनपर्ने मनसाय व्यक्त गरेपछि विदा कटौति गरेको हो ।
यसअघि सरकारले राष्ट्रपति भण्डारीको भारत भ्रमण बेला दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारी भारत जाने दिने वैशाख ४ र स्वदेश फर्कने दिन वैशाख ८ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
तर राष्ट्रपति भण्डारीले पनि आफ्नो भ्रमणका बेला विदा दिनु नपर्ने मनसाय व्यक्त गरेकी थिइन्। राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलका अनुसार आइतबार मात्र शितलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो भ्रमणमा विदा दिनु नपर्ने बताएकी थिइन्।
प्रकाशित मितिः २०७४ बैशाख ५
वि.सं.२०७४ वैशाख ५ मंगलवार १३:०४ मा प्रकाशित