back
NMB ad

हाईडोको ४ करोडको आईपिओ खुलेको थाहा पाउनुभयो ? हेर्नुस आवेदन दिने स्थानहरु

Kumari bank ad

राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुङ बासीका लागि साधारण सेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड १० लाख रुपैयाँ बराबरको चार लाख १० हजार कित्ता साधारण सेयर सोमबार (वैशाख ४ गते)देखि निष्काशन गरेको हो ।

विक्री खुला गरिएको सेयरमध्ये अति प्रभावित साबिक घेर्मु गाबिस वडा नम्बर ५ का बासिन्दालाई ६० प्रतिशतले हुन आउने दुई लाख ४६ हजार कित्ता र बाँकी न्युन प्रभावित क्षेत्र साबिक ताघ्रिङ्ग गाबिसका लागि एक लाख ६४ हजार कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्ट लिमिटेड रहेको छ । उक्त सेयरमा छिटोमा वैशाख १९ गते तथा ढिलोमा जेठ २ गतेसम्म आवेदन गर्न पाइने छ । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि चार हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।

नविल बैंक, ओम डेभलपमेन्ट बैंक र कैलाश विकास बैंकमा लमजुङ शाखा तथा लमजुङको घेर्मुस्थित राधी हाइड्रोको पावर स्टेशनबाट सेयरमा आवेदन दिन सकिनेछ ।

कम्पनीले कुल १० करोड २५ लाख रुपैयाँ बराबरको दश लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये, आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयरमा अहिले आवेदन खुला गरिएको छ । यो सेयरको बाँडफाँड भएपछि कम्पनीले बाँकी छ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।
६० करोड रुपैयाँमा सम्पन्न भएको राधी विद्युत् कम्पनीमा बैंक अफ काठमाडौको नेर्तृत्वमा सानिमा, ग्लोबल आईएमई, कुमारी र जनता बैंकले संयुक्त रुपमा ऋण लगानी गरेका छन् । कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण गरेको छ । साथै कम्पनीले २०७१ साल जेठ ३१ गतेबाट व्यापारिक रुपमा नै विद्युत्त उत्पादन सुरु गरी राष्ट्रिय ग्रीडमा बिक्री समेत गरिरहेको छ । साथै कम्पनीेले दोलखामा निर्माण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १३:५५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...