back
NMB ad

अमेरिकाले सैन्य गतिविधि गरेमा कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयारः उत्तर कोरिया

Kumari bank ad

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ ।

उत्तर कोरियाले पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले आफ्नो देशले साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ । अमेरिकाले सैन्य गतिविधि गरेमा कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयार रहेको उनको भनाई छ ।

त्यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियालाई आफूहरुको परीक्षण नगर्न भन्दै चेतावनी दिएका थिए । उत्तर कोरियाको रणनीतिक सहनशिलताको समय सकिएको भन्दै उपविदेश मन्त्री हान साङ रयोलले अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टिका बाबजुद परमाणु परीक्षण नरोक्ने बताए ।

उत्तर कोरियाको परमाणु कार्यक्रमले कोरियाली प्रायद्विपमा तनाव बढेको छ । अमेरिकाले त्यस क्षेत्रमा नौसेनाको युद्ध तोप टुकडी तैनाथ गरेपछि तनाव बढ्दै गएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १५:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...