back
NMB ad

डिपिएल क्रिकेटः विराटनर फाइनलमा, रुपन्देही हार्‍यो

Kumari bank ad

काठमाडौ । विराटनगर किंग्स धनगढी प्रिमिएर लिग (डिपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै उसले फाइनलमा स्थान बनाएको हो ।

विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । उसका लागि बिक्रम शोबले २३ तथा पुष्प थापाले २२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरका सुशील कँडेलले चार तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनायो । उसका लागि आशिफ शेखले ३४ तथा शरद भेषावकरले २४ रन बनाए । रुपन्देहीका शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

रुपन्देही र विराटनगर प्रतियोगितामा पहिलो र दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेका हुन् । पराजित भएको रुपन्देहीले अब एक पटक प्लेअफ खेल्न पाउने छ ।

प्रकाशित मितिः २०७४ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...