बैंकको २० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद पाउन सेयर किनिसक्नुपर्ने मिति थाहा पाउनुहोस् !

काठमाडौ। धनकुटामा मुख्य कार्यलय रहेको कावेली विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बैंकले १ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । हाल ६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनस सेयर वितरणपछि करिव ७ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

बोनस सेयर वितरणपछि ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने बैंकको विशेष प्रस्ताव छ । बोनस र हकप्रद सेयर पाउनको लागि बैशाख १२ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । बैंकले बैशाख २७ गते विशेष नवौं वार्षिक साधारणसभा बोलाएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ७

२०७४ वैशाख ७ गते ०९:२२ मा प्रकाशित

You can share this post!

धादिङ र काठमाडौंमा अब हावाबाटै विजुली

कोरियाली भाषा परीक्षामा १५ हजार जनाको त्रुटी,के हुन्छ अब ?

Related posts