काठमाडौ।माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले विहिबारदेखि साधारण सेयर निष्कासन गरेको छ। एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।
सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिङका अनुसार सेयर आवेदन वैशाख ११ गतेसम्म रहेको छ। सप्तरीको बधुवामा केन्द्रीय कार्यालय रहेको संस्थाले १० जिल्लामा सेवा विस्तार गरेको छ।
हाल सप्तरी, सिराहा, उदयपुर, भोजपुरदेखि रामेछाप र पूर्वमा सुनसरीसम्म सेवा विस्तार गरेको छ ।संस्थाको चुक्ता पूँजी दुई करोड १५ लाख रुपैयाँ छ ।
प्रकाशित मितिः २०७४ बैशाख ७
वि.सं.२०७४ वैशाख ७ बिहीवार ११:४६ मा प्रकाशित