back
NMB ad

माथिल्लो तामाकोशीको बारेमा थप जान्नुहोस्,आयोजना छिटो सम्पन्न गराउन कुलमान पुगे साईटमै

Kumari bank ad

काठमाडौ। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिट लक्ष्यभन्दा चाँडो सम्पन्न गर्ने रणनीति तर्जुमाकालागि कम्पनी सञ्चालक समितिनै आयोजनास्थल पुगेको छ। कम्पनी सञ्चालक समिति अध्यक्ष एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल टेलिकमकी प्रमुख कार्यकारी अधिकृत कामिनी राजभण्डारी लगायत बिभिन्न क्षेत्रबाट माथिल्लो तामाकोशीको बोर्डमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु परियोजना स्थल दोलखाको लामावगर पुगेका हुन्।

४५६ मेगावाटको राष्ट्रिय गौरवको आयोजनाको पहिलो युनिट असार २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। ७६ मेगावाट बिजुली उत्पादन हुने पहिलो युनिट लक्ष्यभन्दा चाँडो निर्माण सम्पन्न गर्ने रणनीति तर्जुमाका लागि सञ्चालक समितको बैठक साइटमै बसेको प्राधिकरण अन्तर्गतको अर्को आयोजना तनहुँ हाइड्रोका कम्युनिकेसन एक्सपर्ट सचेन गौतमले उक्त स्थलबाट जानकारी दिए।

माथिल्लो तामाकोशी २०७५ पुषमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो युनिट लक्ष्यभन्दा चाँडो आएमा परियोजनाकै अवधि छोट्टिने बताईएको छ ।

अहिलेसम्म आयोजनाको ८८ प्रतिशत काम पूरा भएको छ। दुई बर्ष अघि आएको महाभूकम्पका कारण आयोजना पछि धकेलिएको थियो। बिजमाण्डुबाट

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १३:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...