नेपाल बङ्गलादेश बैंकको तातोपानी लिपिङ्ग शाखा बाह्रबिसेमा स्थानान्तरण

काठमाडौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तातोपानी लिपिङ्गमा संचालित शाखा बाह्रविसे बजारमा स्थानान्तरण गरेका छ । २०७२ वैशाख १२ गते गएको भूकम्प बैँकको तत्कालीन तातोपानी शाखा साविकको स्थानबाट संचालन गर्न कठिनाई भईरहेकाले स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

शाखाको औपचारिक समुद्घाटन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ तथा बैंकका संचालकहरु अरुण श्रेष्ठ तथा दिपक कार्कीद्धारा संयुक्तरुपमा गरिएको छ । उद्घाटन कार्यक्रममा बैंकका विभिन्न सेवाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा शाखा प्रमुख प्रकाश घिमिरेले बैंकका बारेमा विविध विषयमा जानकारी दिए ।

यस शाखासहित बैंकले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैकिङ सेवा तथा ४१ वटा एटीएमबाट बैकिङ सुविधाहरु दिंदै आएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १२

२०७४ वैशाख १२ गते ११:३३ मा प्रकाशित

You can share this post!

बजारमा नक्कली नोटको बिगबिगी, कसरी चिन्ने नक्कली नोट ?

तपाई नेपालको कुन पर्यटन गन्तब्य घुम्ने ? ‘वेलकम नेपाल’ एपबाट तुरुन्तै थाहा पाउनुहोस् !

Related posts