back
NMB ad

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

Kumari bank ad

काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको राजभण्डारीले बताइन् ।

यस्तै गरी टेलिकमले फरक(फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि एफटीटीएएच र एडीएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालिएको छ ।

यसअघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगि सकिएको थियो भने पीएसटीएनलाई सीआरटीबी मा माइग्रेसन गर्नको लागि आवश्यक तयारी भैरहेको छ ।

केही वर्ष अघिदेखि नेपाल टेलिकमले सबै सेवाहरुको लागि एउटै कन्भर्जेन्ट बिलिङ्ग तथा कस्टमर केयर सिष्टम जडान गरिरहेकोमा अव एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, एफटीटीएच र एडीएसएल सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका ग्राहक सेवाका कार्यहरु गर्न सकिने भण्डारीले बताइन् । कार्य सम्पादनमा छिटोछरितोपना आउनुका साथै ग्राहक सेवासमेत सहज हुने बिश्वास लिईएको उनले बताइन् ।

अन्डरग्राउण्ड अप्टिकल केबुल, एडीएसएस फाइवर र नेपाल विद्युत प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउण्ड वायरसमेत गरी हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा ५५ जिल्ला समेटिएकोमा सो सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ एडीएसएस फाइवर आयोजनाको कार्य अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोेजनाको उद्देश्य कुल एक हजार किमिको मार्गमा अप्टीकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । यो नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानहरुमा समेत भ्वाइस, डाटा तथा भिडीयो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको बिस्तार हुनेछ ।

यो नेटवर्कले भोजपुर, संखुवासभा, खोटाङ्ग, रामेछाप, दोलखा, मुस्ताङ्ग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानहरुलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केवल संरचनामा आवद्ध गर्ने छ । यस आयोजनाको समापन पश्चात कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध हुनेछन् ।

नेपाल टेलिकमले बैशाखको पहिलो हप्ताबाट मुलुककै एक प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रीजि सेवा सञ्चालनमा ल्याएको पनि जनाएको छ ।

यसबाट सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता भएको छ । सो थ्रीजि सेवाबाट रारा ताल आसपासका साथै रारा ९ताल्चा० विमानस्थल क्षेत्रमा सेवा पुगेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार ०८:०५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...