back
NMB ad

बुधबार पनि बजार घट्यो, लगानीकर्तालाई निराशा बाँड्दै नेप्से

Kumari bank ad

काठमाडौ । बुधबार सेयर बजार परिसुचक नेप्से २.०८ विन्दुले घटेर १६७०.३० अंकमा आएर अडिएको छ । सूचकसँगै कारोबार रकममा पनि ह्रास आएको छ । बुधबार ९५ करोड ५१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

बुधबार क वर्गका परिसुचकको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ । कुल १४५ कम्पनीको १४ लाख ९० हजार २४८ कित्ता सेयर खरिदबिक्री भएका हुन् । बुधबार वाणिज्य बैंक, होटेल र उत्पादनमूलक समूहको परिसुचक घटेका छन् । बाँकी सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ३०.१ अंकले तल झरेको हो । वाणिज्य बैंक समूहको सूचक ७.९ अंकले घटेको छ । होटल्स समूहको परिसुचक १५. ८४ अंकले घटेको छ । यता, विकास बैंक समूहको सूचक सबैभन्दा धेरै १७.३१ विन्दुले बढेको छ ।

कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्स कम्पनीले अग्रता कायम गरेको छ । नेपाल लाइफको ६ करोड ५४ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमको आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः राष्ट्रिय बिमा कम्पनी (संस्थापक) र ग्लोबल आइएमई बैंक परेका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १३

वि.सं.२०७४ वैशाख १३ बुधवार १५:३४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...