back
NMB ad

अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने,उत्तर कोरियाः जस्तोसुकै प्रतिवादका लागि तयार

Kumari bank ad

अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो ।

उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । यो ब्रिफिङ पछि उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ रणनीतिको घोषणा गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले अहिले दक्षिण कोरियामा मिसाइल सुरक्षा प्रणाली तैनाथ गरेको छ । यस्तै अमेरिकी लडाकु पानी जहाज पनि दक्षिण कोरिया पुगेको छ ।

उत्तर कोरियाले नयाँ परमाणु हतियार परीक्षणको तयारी गरिरहेको विशेषज्ञले बताएका छन् । यसले गर्दा कोरियाली प्रायद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले आफू जस्तोसुकै प्रतिवादका लागि तयार रहेको बताएको छ भने अमेरिकाले चुनौतीको सामनाका लागि आफू पनि तयार रहेको बताउँदै आएको छ ।

उत्तर कोरियाको एक मात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १३:१७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...