back
NMB ad

औद्योगिक क्षेत्रमा जेठपछि लोडसेडिङ नहुने

Kumari bank ad

काठमाडौ । देशभरि विद्युत आपूर्ति सहज बनाउँदै लगेको नेपाल विद्युत प्राधिकरणले आगामी जेठपछि औद्योगिक क्षेत्रको लोडसेडिङसमेत अन्त्य गर्ने तयारी गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुँदै गएको र उत्पादन पनि बढेकाले अवस्था सहज हुँदै गएको हो ।

सर्वसाधारणमा निरन्तर आपूर्ति मिलाएको दाबी गरे पनि प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ घन्टासम्म विद्युत कटौती गर्दै आएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार ढल्केबरदेखी पूर्वका उद्योगहरूमा दैनिक ४ घन्टासम्म मात्र लोडसेडिङ छ । यस्तै, ढल्केबरपश्चिम लमहीसम्म ६ देखि ८ घन्टासम्म कटौती हुने गरेको छ ।

रातको समय भारतबाट विद्युत बढी आयो भने कम लोडसेडिङ गरे पुग्छ,’ केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले भने, ‘कहिले काहीँ भारतको प्रणालीमा पनि समस्या देखिन्छ र कम आउँछ । यस्तो बेलामा बढी कटौती गर्नुपर्छ ।’ उनका अनुसार सर्वसाधारण ग्राहकमा लोडसेडिङ नगन्यमात्रै छ ।
केन्द्रका अनुसार बिहान र साँझ देशभर लोडसेडिङ गरिएको छैन । चालु आर्थिक वर्षको उच्च माग १ हजार २ सय ५० मेगावाट छ । यो माग व्यवस्थापन गर्न सकिने अवस्था देखिएको श्रेष्ठले बताए । अहिले केन्द्रीय प्रणालीमा १ हजार २ सय ४२ मेगावाट विद्युत उपलब्ध छ । तर, आपूर्ति भने साढे ८ सय मेगावाटमात्र छ ।

अहिले भारतबाट ३ सय ९०, निजी क्षेत्रबाट करिब ४ सय र प्राधिकरणको ४ सय ५२ मेगावाट विद्युत आपूर्ति भइरहेको छ । तर, कुलेखानी जलाशयबाहेक प्राधिकरण र निजी क्षेत्रको कुल जडित क्षमताको एक तिहाइमात्र आपूर्ति भइरहेको केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा खोला तथा नदीमा पानीको बहाब नघटेका कारण पनि मागअनुसार आपूर्ति मिलाउन सकिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार गत वर्ष यही समयमा देशकै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाबाट ६५ मेगावाट उत्पादन भएकोमा अहिले ९० मेगावाट उत्पादन भइरहेको छ । यस्तै, अन्य आयोजना पनि गत वर्षभन्दा बढी क्षमतामा सञ्चालन भइरहेका छन् । ऊर्जा खबरबाट

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...