back
NMB ad

शुल्क फिर्ता नगर्ने बोर्डिङलाई बिधार्थीहरुले सामाजिक बहिष्कार गर्ने

Kumari bank ad

काठमाडौ। संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । विहीबार बसेको बैठकले निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले र शिक्षा विभाग तथा देशभरका जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गर्ने, शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्नेलगायत निर्णय पनि गरेको छ ।

केही विद्यालय सञ्चालकले सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा फरक तरिकाले नियमित विद्यार्थीलाई भर्ना, लेखन सामग्री, परीक्षा, खेलकुद, प्रयोगशाला तथा विविध शीर्षकमा बढी शुल्क लिएपछि विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविसंलगायत आठ सङ्गठन आबद्ध छन् ।रासस

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १०:१८ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...