back
NMB ad

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चिनियाँ राष्ट्रपतिको प्रशंसा, उत्तर कोरिया तनाव ?

Kumari bank ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि राम्रो काम गरेको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रशंसा गरेका छन् । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताको क्रममा ट्रम्पले सी देशलाई माया गर्ने निकै असल व्यक्ति गरेको भन्दै प्रशंसा गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाका कारण उत्पन्न समस्या कुटनीतिक रुपमा समाधान गर्न चारहेको ट्रम्पको भनाई छ । तर कुटनीतिक रुपमा उत्तर कोरियाको समस्या समाधान हुने सम्भावना कम रहेकाले संघर्षको सम्भावना नकार्न नसकिने ट्रम्पले बताएका छन् । ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएलगतै उत्तर कोरियाका कारण उत्पन्न भएको समस्या समाधानका लागि केही नगरेको भन्दै चिनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए ।

उत्तर कोरियाको समस्या समाधानका लागि अमेरिका एक्लै तयार रहेको पनि उनले बताएका थिए । तर अप्रिलको सुरुमा चिनियाँ राष्ट्रपति सीसँग भएको भेटवार्ता तथा त्यसपछि भएका टेलिफोन वार्तापछि ट्रम्पको भनाई परिवर्तन भएको हो ।

ओभल कार्यालयमा रोयटर्ससँग भएको अन्तर्वार्ताको क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सीले द्वन्द्व र मानिसको क्षति नचाहेको बताए । अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर चिन्ता र चासो जनाउँदै आएको छ ।

यही विषयलाई लिएर उसले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाको बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १३:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...