back
NMB ad

हराएको ४७ दिनपछि धादिङमा जिउँदै भेटिएका पर्यटक, जो पानी र नुनको भरमा बाँचे !

Kumari bank ad

काठमाडौ । ताइवानका एक २१ वर्षीय पदयात्रीलाई हराएको ४७ दिनपछि उच्च हिमाली भेगबाट जिउँदै उद्धार गरिएको छ। उच्च भेगमा खोज तथा उद्धार गर्ने टोलीले लियाँग शेंग युएहलाई समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको धादिङ्गको तिप्लिङ गाउँस्थित पहाडको एक खोचमा फेला पारेका थिए।

उनकी महिला मित्र १९ वर्षीय लिउ चेन चुनको शव नजिकै रहेको थियो। लियाँगलाई राजधानी काठमाण्डूस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताइएको छ। लियाँगको उपचारमा संलग्न डक्टर सञ्जय कार्कीले बीबीसी नेपालीका सुरेन्द्र फुयालसँग कुरा गर्दै भने, उनी विस्तारै बोल्न सक्छन्। उनको महिला मित्रको तीन दिन अगाडि ज्यान गएको उनले मलाई बताए। उनलाई बाहिरी चोटपटक खासै देखिदैंन तर किराले टोकेका घाउ भने उनको शरीरमा छन्।

पानी र नुनको भर

ती पदयात्रीको तौल हप्तौं अगाडि बाटो बिराएयता करिब ३० किलोले घटेको छ। उनको कपालभरि जुम्रा थियो भने उनको एउटा खुट्टामा स्याउँस्याउँ किरा परेका थिए। चिकित्सकहरुका अनुसार उनी खासगरी पानी र नुनको भरमा बाँचेको देखिएको छ। प्राप्त जानकारी अनुसार ती पदयात्रीलाई गत बुधबार स्थानीय समय बिहान ११ बजे स्थानीय बासिन्दाले पहिलोपटक देखेका थिए। तत्काल हेलिकप्टर पठाइ तिनको उद्धार गरियो। लियाँग र लिउ ताइवानको नेशनल दङ ह्वा विश्वविद्यालयका पहिलो वर्षका विद्यार्थी थिए। उनीहरु गत फेब्रुअरी महिनामा भारतबाट नेपाल आइपुगेका थिए।

ती दुई ताइवानी विद्यार्थी काठमाण्डू नजिकैको हिमाली क्षेत्रमा पदयात्रा गर्दै थिए । पछिल्लोपटक उनीहरुलाई मार्च ९ मा उत्तरी धादिङ्गमा देखिएको थियो। भारी हिमपात हुँदाहुँदै उनीहरु त्यसतर्फ लागेका थिए।

Missingtrekker.com भन्ने वेबसाइटले ती दुई पदयात्रीले यात्रामा निस्कनुअघि नै सामान हराएको तथा साना विषयमा झगडा गरेको उल्लेख गरेको छ। लिउले फेसबुकमा यहाँ म नआइपुगेको भए हुन्थ्यो भनेर लेखेको समेत बताइएको छ। गत मार्च १० मा पूर्वनिर्धारित गरिएको समयमा उनीहरुले ताइवानमा फोन नगरेपछि ती दुईका परिवारजन चिन्तित भएका थिए। पाँच दिनपछि परिवारले तिनलाई खोजिदिन आधिकारिक आग्रह गरे।

नेपाल प्रहरीले तीन जना गाइड तथा हेलिकप्टर समेत परिचालन गरी खोजी थालेको थियो। ती दुई यात्री लाङ्टाङ् गाउँमा तिनका अन्य ताइवानी साथीहरुलाई भेट्न जान लागिएको विश्वास गरिएको थियो। ताइपेइ टाइम्सका अनुसार गाइड तथा स्थानीय सञ्चारमाध्यमलाई पनि उनीहरुबारे जानकारी दिइएको थियो तर निरन्तरको हिमपात र बेलाबेला आएको हिमपहिरोले खोजी कार्य कठिन भएको थियो। खोजी कार्यमा संलग्न माधव बस्नेतका अनुसार धादिङ्गबाट घत्लांग गाउँतर्फ चढ्दै गर्दा चिप्लो बाटोबाट ती दुई पदयात्री चिप्लिएर खसेको हुनसक्ने देखिन्छ।चिप्लिएर गुफाजस्तो ठाउँ रहेको खोंचमा खसेपछि उनीहरु माथि चढ्न नसकेको देखिन्छ, उनले भने। बीबीसी नेपालीबाट

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार १३:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...