काठमाडौ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्ष नियुक्त गरेको हो ।
बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन (बाफिया)ले संवैधानिक पद धारण गरेको व्यक्तिलाई अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएपछि संचालक समितिका डा. बिरेन्द्र प्रसाद महतोले राजीनामा दिएका थिए ।
बाफियामा लालमोहर लागेसँगै बिभिन्न बैंक तथा वित्तिय संस्थाबाट सञ्चालक तथा अध्यक्षहरुले राजीनामा दिने क्रम बढेको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पनि राजीनामा दिईसकेका छन् ।
प्रकाशित मितिः २०७४ बैशाख १८
वि.सं.२०७४ वैशाख १८ सोमवार १५:०४ मा प्रकाशित