रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ ।
कम्पनीले प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सञ्चय कोषका सदस्यहरू र कर्जा प्रदायक संस्थाका कर्मचारीहरूका लागि उक्त सेयर निष्काशन गर्न लागेको हो ।
प्रकाशित मितिः २०७४ बैशाख १९
वि.सं.२०७४ वैशाख १९ मंगलवार ११:४२ मा प्रकाशित