back
NMB ad

झापा र कास्कीमा बन्ने भयो सुँगुर र बंगुरको औद्योगीक पार्क !

Kumari bank ad

काठमाडौ । नेपालमा अब सुँगुर र बंगुरको पनि पार्क निर्माण हुने भएको छ । पशुपंछी मन्त्रालयले झापा र कास्की जिल्लामा सुँगुर र बंगुरसम्बन्धी पार्क निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले सरकारी निजी साझेदारी अवधारणाअन्तर्गत ती दुई जिल्लामा पार्क निर्माण गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बंगुरको स्वच्छ र स्वस्थ्य मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी निर्यात गर्न पार्क निर्माण गर्ने तयारी गरिएको जानकारी दिए ।

उद्योगको औद्योगिक क्षेत्रजस्तै सुँगुर र बंगुरको औद्योगिक पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माणका लागि चालू आर्थिक वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । दुईवटा पार्क निर्माण गर्न १० करोड रुपैयाँ खर्च हुने मन्त्रालयले जनाएको छ । पौडेलले भने , ‘अन्य उद्योगको औद्योगिक क्षेत्रको मोडेलजस्तै बंगुरपालन र मासु प्रशोधन गर्ने गरी बंगुरपार्क स्थापना गर्न कार्यविधिसमेत निर्माण भइसकेको छ ।’

केन्द्रीय बंगुर कुखुरा प्रवद्र्धन कार्यक्रमका प्रमुख छबिलाल अधिकारीका अनुसार वस्ती र समाजिक संरचनाभन्दा टाढा निर्माण गरिने यस्तो बंगुरपार्कका लागि कम्तीमा ६० रोपनी जग्गा आवश्यकपर्ने मापदण्ड तोकिएको छ । चारैतर्फ पर्खाल निर्माण गरी पर्खालभित्रको क्षेत्रमा आधुनिक प्रविधिसहितको बच्चा उत्पादन गर्ने ह्याचरी, बच्चा हुर्काउने, वयस्क बंगुरपालन, खोर निर्माण, दाना बनाउने उद्योग, बद्यशाला, मासु उत्पादन, प्याकेजिङ बिक्री केन्द्र र औषधिसहित भेटेरिनरी चिकित्सकसम्मको सुविधा हुनेछ।

यस्तो पार्कमा किसान व्यावसायिक र एकीकृत रूपमा बंगुरसम्बन्धी काम गर्न पाउनेछ । ‘फोहोर खानेकुरा खुवाउने र फोहोरमै राखेर पाल्ने प्रवृतिका कारण नेपालमा बंगुरपालन र बंगुरको मासु उपभोग गर्नुलाई सकारात्मक रूपमा लिइँदैन’, अधिकारीले भने,’स्वच्छ र गुणस्तरयुक्त बंगुरको मासु उत्पादन गरी स्वदेशको माग पूरा गरी विभिन्न मुलुकमा निर्यात गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।’

पार्क निर्माणका लागि झापाबाट तीन र कास्कीबाट एक गरी चारवटा प्रस्ताव मन्त्रालयमा आइपुगेको छ । मूल्यांकन समितिले उक्त चारमध्ये झापाका लागि एक र कास्कीका लागि एक प्रस्ताव छनोट गरी यही वर्षमा पार्कको निर्माण कार्य सुरु गर्ने जनाएको छ । पार्क निर्माणमा खर्च हुने कुल रकममध्ये ७० प्रतिशत सरकारले र बाँकी ३० प्रतिशत किसानले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

अधिकारीका अनुसार पार्कमार्फत उत्पादन हुने बंगुरको मासु भुटानमा निर्यात गर्ने तयारी छ । यसबाहेक नेपाली बंगुरको मासु छिमेकी मुलुक चीन र भारतमा पनि माग छ । झापा, बाँके, बर्दिया, कैलाली, कास्की, सुनसरी, धनकुटालगायतका जिल्ला व्यावसायिक बंगुरपालनका लागि पकेट क्षेत्र मानिन्छन् । यस्ता जिल्लामा चोंचे, जंगली बँदेल, हुर्रा, बामपुड्के, पाख्रीबास, पिग्मी बँदेल, धराने कालो बंगुरलगायतका स्थानीय जात पालिएको छ ।

पछिल्लो समयमा ल्यान्डरेस, योर्कसायर, ह्याम्पसायर, टेमवर्थ, ड्युरोक, मेगसान वा नागपुरीलगायत उन्नत जातका बंगुर पाल्न थालिएको छ । नेपालमा करिब नौ अर्ब मूल्य बराबरको २३ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुन्छ । नेपालमा १२ लाख ९० हजार गोटा बंगुर छ । काठमाडौंमा चार सय रुपैयाँ प्रतिकिलो बंगुरको मासु बिक्री हुन्छ

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...