काठमाडौ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ५४ हजार ३०० रुपैयाँको दरमा कारोबार भएको छापावाल सुन बिहीबार ५३ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ ।
बिहिबार चाँदी पनि तोलमा १० रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला ७४५ रुपैयाँ किनबेच भईरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर रुपमा घटेको कारण नेपाली बजारमा पनि गिरावट आएको हो । यो क्रमले निरन्तरता पाउने सम्भावना रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
प्रकाशित मितिः २०७४ बैशाख २१
वि.सं.२०७४ वैशाख २१ बिहीवार १२:४८ मा प्रकाशित