back
NMB ad

सरकारी जागिर खान अभिषेक बच्चनले दिए आवेदन !

Kumari bank ad

फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् । हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ ।

महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा दिने तयारीमा छन् ।

रमाइलो कुरा त यो छ कि अभिषेकको परिक्षा सेन्टर राजस्थानको राजधानी जयपुरलाई तोकिएको थियो । खासमा, कर्मचारी चयन आयोगको तर्फबाट मल्टि टास्किंग नन टेक्निकल स्टाफको पहिलो चरणको परिक्षा गएको बिहीवार भएको थियो ।

यो परिक्षाका लागि लिइएको आवेदन मध्ये एक आवेदन निकै विषेश थियो । परीक्षाका लागि कुनै व्यक्तिले मजाक मजाकमै अभिषेक बच्चनको आवेदन भरिदिए । उक्त आवेदनमा अभिषेकको तश्वीर लगाइएको छ । आवेदन पेश गरेपछि आयोगले स्क्रूटनीमा यसलाई ध्यान दिँदै परमिशन लेटर पनि जारी गरेको छ ।

अभिषेक बच्चनको नाम र उनको फोटोको साथ बनेको यो एडमिट कार्डमा उनकी जन्ममिति १ जनवरी १९९५ छापिएको छ । उनको रोल नम्बर २४०५२८३६११ छ । तर घरको ठेगाना भने ६९ ट्रिपल एक्स कोलनी, लातूर (महाराष्ट्र) लेखिएको छ ।

यति मात्र कहाँ होर बिहीवार महिला अभ्यर्थियोका लागि आयोजित यो परिक्षामा अभिषेकलाई पुरुष होइन महिला समेत भनिएको थियो । त्यस्तै, फोटोको तल अभिशेखबर बच्चनको नाममा सिग्नेचर पनि गरिएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १४:३४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...