काठमाडौ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओ शुक्रबार बाडँफाँड हुने भएको छ । एनएमबी क्यापिटलले शुक्रबार बेलुकीसम्ममा निष्कासन गर्ने जनाएको छ र तपाईले बेलुकीसम्ममा पर्यने कि परेन जान्नुहुनेछ ।
हाल बजारमा देखिएको तरलता अभावलार्इ मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले ५० दिनभित्र निष्कासन गर्न निर्देशन दिएकोले एनएमबीले चाँडो निष्कासन गर्न लागेको हो। दुई लाख २५ हजार लगानीकर्ताको ३८ अर्ब बजारमा आउँदा बजारमा देखिएको तरलता सहज हुने बोर्डको अपेक्षा थियो ।
बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्कासन गरेको थियो । बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गरेको हो ।
कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन सकिने ब्यवस्था गरिएको थियो।बैंकको एफपिओ चैत ४ गते बन्द भएको हो ।
प्रकाशित मितिः २०७४ बैशाख २२
वि.सं.२०७४ वैशाख २२ शुक्रवार १३:२६ मा प्रकाशित