back
NMB ad

सरकार र प्रतिपक्षीबीचको दूरीले संकट,अत्यावश्यक वस्तुको चरम अभाव !

Kumari bank ad

काठमाडौ।भेनेजुयलामा पछिल्ला केही हप्तायता राष्ट्रव्यापी आन्दोलन भएका खवर विश्वभरका सञ्चारमाध्यमले विशेष महत्वका साथ छापेका छन् । वामपन्थी नेता तथा यहाँका राष्ट्रपति निकोलस मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरीपनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाएका छन् ।

विद्यार्थी आन्दोलन चर्किएको अवस्थामा वर्तमान् सरकारमाथि सत्तामा रहिरहन समस्या हुनेगरी राजनैतिक दवाव सिर्जना भएको छ । पेट्रोलियम पदार्थका लागी धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधि लगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ । हुनत यो समस्या यत्तिकै निम्तिएको समस्या चाहीं होइन । भेनेजुएलाले सन् २०१५ र २०१६ मा चरम खडेरीको पनि सामना गर्नुपरेको थियो भने हालै भएका विरोधका कार्यक्रमले पनि देशको अत्यावश्यकीय समानको आयात निर्यातमा पनि जटिलता थपिएको हो ।

विपक्षीले देशमा ७०० प्रतिशतभन्दा बढीले मुल्य वृद्धी भएको, सरकारले शान्ति तथा अमन चयन कायम गर्न नसकेको, संसदको अधिकारमाथि हस्तक्षेप गरेको जस्ता आरोप लगाएको छ । यद्यपि सरकारले प्राकृतिक रूपमा निम्तिएका समस्याको सरकार आफू दोषी नहुने, राज्यद्वारा राष्ट्रपतिलाई दिएका कार्यकारी अधिकारको प्रयोग गर्नुलाई विपक्षीले कानूनी राज्यको अवधारणालाई लत्याएको भनेर अनावस्यक वखेडा झिकेको भन्दै सवै कुराको समाधान पारस्परिक वार्ताबाट हुने तथा आन्दोलनले थप आर्थिक सङ्कटलाइ निम्त्याउने बताएको छ । तेलको व्यापार र मूल्य पनि विस्तारै सहज बन्दै गएको र मिलेर अघि बढेमा सवैकुराले विस्तारै निकास पाउने सरकारको बुझाइ छ ।

सङ्कटको समाधान मिलेर अघि बढ्दा जति सहज बन्नसक्छ तर सरकार र विपक्षीको द्वन्द्वले त्यति नै जटिल बनाउछ । भेनेजुयलाको आन्दोलनकारी शक्तिले यही मे ४ गते राजधानी काराकासमा भेनेजुयलाको केन्द्रिय विश्वविद्यालयबाट ठूलो समूहमा विद्यार्थीलाई आफ्नो पक्षमा उतार्न सफल भएको छ ।

युवा विद्यार्थीसँगको झडपले आन्दोलनमा उर्जा मिलेको र आन्दोलन थप उचाइमा पुगेको आन्दोलनकारी प्रतिपक्षले जनाएको छ भने सरकारले यसलाई राजनैतिक माग पूरा गर्न विद्यार्थीलाई उठाउनु गलत भएको बताएको छ । प्रतिपक्षीले स्वतस्फूर्त आफ्नो आन्दोलनमा उभार थपिएको र देशभरबाट सहभागीको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको बताएको छ ।बिहीबारको आन्दोलन चलिरहेकै वेला एक विपक्षी विद्यार्थी नेताको हत्याभएपछि यसको दोष पनि विपक्षीले सरकारमाथि लगाएको छ यसबाट विद्यार्थी थप आक्रोसित हुनु भने स्वभाविक देखिन्छ ।

मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको समयमा अहिलेसम्म ४० जनाभन्दाको मृत्यु भइसकेको छ । शनिबार महिलाहरूको सहभागितामा आन्दोलनका कार्यक्रम भएका छन् । उनीहरूले सेतो पहिरनमा प्रदर्शन गरेका छन् । आन्दोलनको वेवास्ता गरी सत्ता लम्व्याउने खेलमा मादुरोले देशको अर्थतन्त्रलाई तहसनहस पारेको आरोप आन्दोलनकारीले लगाएका छन् ।

विद्यार्थी नेताको मृत्युपछि विश्वविद्यालयमा अध्ययनरत युवाहरू थप आक्रोशित बन्दै गत बिहीवार प्रहरीसँग ढुङ्गामूढा तथा हाते ग्रिनेडसमेतको प्रयोग गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासको प्रयोग गर्न परेको थियो ।

कारावोवोमो बुधवार भएको प्रदर्शनले उग्ररूप लिँदा एक प्रहरीको मृत्य भएको थियो भने केही प्रहरीसहित कैयौं प्रदर्शनकारी घाइते भए । घटना दुखद भएपनि यसको निकास निस्किहाल्ने अवस्था भने देखिएको छैन । बरु सत्तासिन दल तथा विपक्षीले समस्याको दोषी एकअर्कामाथि लगाउने तर घटनाप्रति सम्वेदनशील भएको पाइएको छैन ।

औद्योगिक शहर भ्यालेन्सियामा यसै हप्ता ठूलो सङ्ख्यामा प्रदर्शनकारीले भण्डारण गरी राखेका समान भण्डारण क्षेत्रमा आक्रमण गरी लाखौं अमेरिकी डलर बराबरको समान लुटेका र दर्जनौ गाडीमा आगो लगाइदिएपछि यसबाट व्यवसायी सरकार र आन्दोलनकारी दुवैपक्षसँग चिढिएका छन् । समान लुट्ने गिरोहलाई नियन्त्रण गर्न गएका केही प्रहरीको कारबाहीमा दर्जनौ प्रदर्शनकारी घाइते भएका थिए ।

सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित मादुरोले अमेरिकी चासोका विषयमा कम ध्यान दिएपछि सन् २०१९ मा कार्यकाल अन्त्य हुने भएपनि आफूविरुद्ध अमेरिकी पूँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको जनाएका छन् ।

यद्यपि विपक्षीभने आफूहरूको आन्दोलन अन्तिम चरणमा पुगेको बताउदै आएका छन् । सरकारजस्तै हिंसात्मक बनेको भए आन्दोलनको बलमा उहिल्यै सत्ता ढलिसक्ने बताउने प्रतिपक्षी नेता हेनरिक क्यापराइल्सले प्रजातन्त्रमा विश्वास गर्ने भएकाले आफ्नो आन्दोलनलाई निकै हदसम्म शान्तिपूर्ण बनाउने बताए।

“यदि हामी हिंसात्मक तरिकाबाट अघि बढेको भए सरकार त उहिल्यै ढलिसक्थ्यो,” उनले भने।राष्ट्रपति मादुरोले पनि विपक्षीको आन्दोलनलाई साम्य पार्न संविधान सभाको निर्वाचनको गरी नयाँ संविधान जारी गर्न निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाइसकेका छन्।भेनेजुयलाको शान्ति र मेलमिलापको नीति अघि सार्दै संविधान निर्माण गर्ने प्रजातान्त्रिक पद्धतिमा राज्य अघि बढेको बुधबार टेलिभिजनमार्फत् सम्प्रेसित एक अन्तवार्तामा बताएका थिए। राष्ट्रपतिले मुलुकमा जटिल द्वन्द्वको शुरुवात भएको स्वीकार गर्दै तर कसैले पनि ‘हाम्रो मातृभूमीलाई भेनेजुयलाका नागरिको प्रतिकुल हुने गरी प्रयोग गर्न सक्न छैन ।’

निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ ।मादुरोले आन्दोलनकारीप्रति देखिएको लहरलाई मथ्थर पार्दै संवैधानिक सुधार निकायमा प्रतिपक्षको नियन्त्रणलाई कमजोर तुल्याउन अधिकांश आफ्ना प्रशंसकहरूको सामाजिक समूहलाई समावेश गरेका आलोचना विपक्षीको छ । भनेजुयलाको संसदमा प्रतिपक्षीको स्थान सत्तापक्षलाई झुकाउन सक्ने गरी मजबुत छ ।

मादुरो विरोधि मध्यपन्थी विपक्षीले राष्ट्रपतिको कदम यस बर्षको स्थानीय निर्वाचन र अर्को बर्षहुने निर्वाचनलाई अलमलमा पार्न आएको क्याप्रिलको दावी छ ।निर्वाचनमा सरकारको विजय हुने नदेखेपछि राष्ट्रपतिले राष्ट्रिय शासन प्रणालीलाई नै प्रभावित पार्न खोजेको आरोप छ ।आन्दोलनका क्रममै महान्यायाधिवक्ता लुइजा अर्टेगा लगायतले सरकारले जनताको जनमतलाई कदर गर्दै उनीहरूको विरोध गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले हामी (सरकार) ले जव कानूनी मुल्य र मान्यतालाई विर्सेर बर्बर दमनको नीतिको अवलम्वन गर्छ भने उसले कसरी जनतालाई कानूनको पालना गराउन सक्छ भन्दै सरकारले जनमतको कदर गर्नुपर्ने बताउदै सरकारी गतिविधिको खुलेर आलोचना गरे।भेनेजुयलामा सन् १९९२ देखि यता तीन पटक सैनिक विद्रोहको प्रयास भएको छ । अझैपनि प्रतिपक्षी आन्दोलन र सरकार दमनतिर अडिग रहने हो भने यसले भेनेजुयलाको अर्थतन्त्रलाई थप धाराशायी बनाउने छ । (अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा)दिलीप शर्मा /रासस

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार ११:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...