back
NMB ad

२ हाईड्रोपावरको करोडौंको आईपीओ आउँदै !

Kumari bank ad

काठमाडौ । मैलुङ जलविद्युत कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने अनुमति दिएको हो । मैलुङ जलविद्युतले रसुवाबासी तथा रैराङ हाइड्रोपावर ताप्लेजुङबासीका लागि साधारण सेयर जारी गर्ने भएका हुन ।

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पनि स्थानीय बासिन्दाका लागि ५ करोड ६० लाख बराबरको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरेपछि ८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । सेयर बिक्री तथा निष्काशनका लागि कम्पनीले एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यस्तै मैलुङ जलविद्युतले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ३ करोड ६८ लाख रुपैयाँ बराबरको ३ लाख ६८ हजार १४३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १५:५६ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...