विराटनगर।सामे ब्राण्डका ट्याक्टर किन्ने एक भाग्यमानीले एक करोड रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। गोल्छा अर्गनाइजेसन अन्तर्गतको अरिहन्त कमर्सियलले यो ट्रयाक्टर बिक्री गर्दै आएको छ। ट्रयाक्टर बिक्री बढाउन एग्रेसिभ योजना ल्याएको अर्गनाइजेसनले जनाएको छ ।
अरिहन्त कमर्सियलले आगामी दशैंसम्म ट्रयाक्टर किन्नेलार्इ कुपन दिने र गोलाप्रथाबाट एक करोड रुपैयाँ दिने जनाएको हो।अर्गनाइजेसनका अनुसार आगामी बडा दशैँमा गोला प्रथाबाट प्रथम हुनेलाई १ करोड, दोस्रोलाई २५ लाख र तेस्रोलाई ११ लाख पुरस्कार दिइनेछ ।
यसबाहेक प्रत्येक ४र४ महिनामा छुट्टै गोला प्रथा गरेर पहिलो हुने १ जनालाई १५० सिसीको मोटर साइकल, दोस्रो हुने १ जनालाई ४२ इन्चको सामसुङ टिभी र तेस्रो हुने ३ जनालाई सामसुङ स्मार्ट मोबाइल सेट दिइनेछ ।
‘टु ह्विल ड्राइभ’ भएका ३५ र ५० एचपीका ट्र्याक्टरलाई क्रमशः १२ र १८ लाख तथा ‘फोर ह्विल ड्राइभ’ भएको ७० एचपीको ट्र्याक्टरलाई २२ लाख ५० हजार मूल्य तोकिएको छ ।
प्रकाशित मितिः २०७४ बैशाख २५
वि.सं.२०७४ वैशाख २५ सोमवार १२:५२ मा प्रकाशित