back
NMB ad

आईपिएलमा अफगानी खेलाडीको दबदबा बढ्यो

Kumari bank ad

काठमाडौ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । हैदराबादको जितमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खानको भूमिका उल्लेखनीय छ ।

सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । पावर प्लेमै तीन ओभर गरेका नाबीले जम्मा १० रन खर्चेर लेन्डल सिमोन्सलाई आउट गरेका थिए । उनले पावरप्लेमै १२ बल डट गरे । ‘मैले ब्याट्सम्यानमा फोकस गरेर बलिङ गरेँ, उसले के गर्दै छ भन्ने विचार गरेर बल फालेँ । त्यसैले पावरप्लेमा राम्रो बलिङ भयो’ जितपछि उनले भने ।

४ ओभरमा उनले १ विकेट लिएर १३ रन खर्चेका हुन् । पावरप्लेमै मुम्बईविरुद्ध दबाब कायम गर्न उनको ओभर निकै फलदायी भयो । केन विलियम्सनको स्थानमा नाबीलाई खेलाउने हैदराबादको निर्णय प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन सफल देखियो । जारी आइपिएलमा नाबीको यो दोस्रो खेल थियो ।

यस्तै अफगानिस्तानका अर्का खेलाडी रसिद खानको बलिङ पनि मुम्बईविरुद्धको जितको आधार हो । ४ ओभरमा बलिङ गरेका रसिदले २२ रन खर्चेर एक विकेट लिएका थिए । उनले आइपिएलमा खेलेको १० खेलमा ९ विकेट लिएका छन् ।

सोमबार राति मुम्बईले दिएको १ सय ३९ रनको लक्ष्य हैदरावदले १० बल बाँकी छँदै भेट्टायो । हैदरावादका लागि शेखर धवनले दोस्रो विकेटका लागि मोइसस हेनरिकेससँग गरेको ९१ रनको साझेदारी नै जितको आधार बन्यो । धवनले ४६ बलमा दुई छक्का र चार चौका गरी ६२ रन बनाए । यस्तै हेनरिकेसले ३५ बलमा ६ चौकाको सहयोगले ४६ रन बनाए । युवराज सिंहले ९ रन बनाए । जितसँगै हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । मुम्बईका मिचेल म्याक्लेनेगन, लसिथ मालिंगा र जसप्रित बुम्राहले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ३८ रन बनाएको थियो । मुम्बईका पार्थिव पटेलले १७ बलमा २३ रन, रोहित शर्माले ४५ बलमा ६७ रन बनाए । हैदराबादका सिद्धार्थ कौलले तीन, भुवनेश्वर कुमारले दुई साथै मोहम्मद नाबी र रसिद खानले एक एक विकेट लिए । नाबी र खानले गरेको ८ ओभरमा ३५ रन मात्र खर्चेका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...