back
NMB ad

बेलायतको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार !

Kumari bank ad

बेलायतमा हुने संसदीय निर्वाचनमा नेपाली उम्मेदवार हुने निश्चित भएको छ। डार्टफोर्ड काउन्सिलमा हालः लेबर पार्टीबाट काउन्सिलर भएका नेपाली मूलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको उम्मेदवार हुने भएका छन्।

बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा. कैनीले आवेदन दिएका थिए। उम्मेदवारी चयनको प्रारम्भिक प्रकृयामा उक्त क्षेत्रबाट डा. कैनीहित जम्मा तीन जनाको आवेदन परेको थियो। पहिलो चरणमा पार्टीले डेइजी पेजलाई चयन गरे पनि उनले स्वेच्छाले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि पार्टीले कैनीलाई अन्तिम उम्मेवार बनाउने निर्णय गरेको हो।

पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा प्रसन्नता प्रकट गर्दै कैनीले ११ मेमा औपचारिकरुपमा उम्मेदवारी दर्ता गर्ने जानकारी दिए। उनले पार्टीको चुनावी घोषणापत्रका अतिरिक्त डार्टफोर्ड क्षेत्रको जनताको स्वाथ्य, शिक्षा, यातायात र शहरी विकास आफ्ना मुख्य चुनावी मुद्दा रहेको बताए।

बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको पहिलो पटक हो। डा कैनी लेबर पार्टीको सन २०१४ मा म्यानचेस्टरमा भएको वार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए। पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गरेका उनले सन २०१५ को स्थानिय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार वर्षको लागि निर्वाचित भएका थिए।

तनहुँको कमलाबारीमा जन्मिएका डा. कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यवस्थापकको रुपमा कार्यरत छन्।

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १३:१३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...