back
NMB ad

तीन जलविद्युत आयोजनाको पीपीए

Kumari bank ad

काठमाडौ। कार्यविधि पास भएपछि लामो समयदेखि रोकिएर रहेका तीन आयोजनाको डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को काम अघि बढेको छ । गत बैशाख १३ गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि पास गरेको हो ।

२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान र १ सय २० मेगावाटको रसुवा–भोटेकोसीको डलर पीपीए सम्बन्धी प्रक्रिया अघि बढेको नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनले भने ‘तत्कालका लागि ३ वटा आयोजनाको काम अघि बढेको छ र अब अन्य पनि आउने चरणमा छन् ।’

माथिल्लो त्रिशुली १ ले प्रसारण सम्झौता गरेको दुई वर्ष बितिसकेको छ । तर कार्यविधि नुहँदा डलर पीपीएको काम अघि बढ्न सकेको थिएन । पीपीए हुनुअघि प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गर्नुपर्छ । प्रसारण लाइन सम्झौता हुँदा आयोजनाको विद्युत क्षमता र वार्षिक विद्युत उत्पादनको अवस्थावारे जानकारी हुन्छ ।

माथिल्लो त्रिशुली आयोजनाको ग्रिड सम्झौता र प्राविधिक मूल्यांकन दुवै सकिएको छ । अहिले पीपीएको लागि मस्यौदा समितिमा यसका बारेमा छलफल भइरहेको अधिकारी बताउँछन् ।

पारित भएको कार्यविधिले एक सय मेगावाटभन्दा माथिका आयोजनामा मात्र डलर पीपीए गर्ने भनेको छ । अहिले डलर पीपीए पास भएसँगै अब बिदेशी ऋण लिएर निर्माण गरेका आयोजनाहरुसँग डलरमा पीपीए गर्न प्राधिकरणलाई सहज भएको छ ।

यसअघि कार्यबिधी नहुँदा डलर पीपीए पास गर्नै गाह्रो हुन्थ्यो भने भए पनि विवादित हुन्थ्यो । जसका कारण प्राधिकरणले लामो समयदेखि डलर पीपीएको काम अघि बढाउन सकेको थिएन ।

अब भने यो कार्यविधि पास भएपछि राष्ट्र बैंकले उक्त दिन तोकेको डलरको मूल्यमा सम्झौता हुने प्रवक्ता अधिकारी बताउँछन् । साथै यस्तो पीपीए दर भने सरकारले तोकेबमोजिम हुने भएको छ ।

यस्तै सरकारले यसरी पीपीएका कारण विद्युत प्राधिकरणको आर्थिक अवस्थामा असर नपुगोस् भनेर हेजिङ फन्ड समेत निर्माण गर्न लागेको छ ।

‘राष्ट्र बैंकले नै नियमन गर्ने गरी हेजिङ फन्डको स्थापना गर्ने कुरा भएको छ,’ अधिकारी भन्छन्, ‘यसरी डलरमा पीपीए भएका आयोजनाहरु सञ्चालनमा आउन लागेपछि हेजिङ फन्ड स्थापना हुन्छ । ‘

अमेरिकी डलरमा पीपीए गर्दा जलाशय, अर्धजलाशय र नदी प्रवाही आयोजनाका लागि सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताउँछन् । प्राधिकरणले जलाशययुक्त आयोजनाको वर्षमा प्रतियुनिट ६ रुपैयाँ ३५ पैसा देखि ७ रुपैयाँ १० पैसा र हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा पीपीए दर तोकेको छ । त्यस्तै पिकिङ रन अफ दि रिभरमा भने बर्षातमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ५५ पैसा तोकेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...