back
NMB ad

यसरी किसानको घरबाटै बिक्न थाल्यो दूध

Kumari bank ad

इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभैँसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले पिरोल्न छोडेको छ। दैनिक पाँचदेखि १० लिटर दूध बेच्न उत्पादन गर्ने मेहतालाई लामै समय बजार अभावमा रुमलिएका थिए। तर, अहिले त्यो समस्या सकिएको छ।

उनलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो। दूधको बजार र उचित मूल्य दुबैको अभाव थियो । सुनसरी सदरमुकाम इनरुवामा रहेको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले गाउँमै गएर किसानको दूध सङ्कलन गर्न थालेपछि स्थानीयलाई राहत मिलेको छ ।

पहिले कहाँ दूध बेच्ने, कसरी बेच्ने भने चिन्ताले सताएको बेला अहिले नवयुगले गाउँमै आएर दूध सङ्कलन गर्न थालेकाले त्यो सबै चिन्ताले मुक्त भएको बबियाका कृषक बलदेव यादवको भनाइ छ।

बबियामा केन्द्रले दैनिकरुपमा २०० लिटर दूध सङ्कलन गर्दै आएको छ। बबियासहित अन्य केन्द्रमा गरी दैनिक ४०० किसानबाट ६०० लिटर दूध सङ्कलन गर्दै आएको र केन्द्रलाई दिगोरुपमा टिकाइराख्न सबैको साथ र सहयोग आवश्यक रहेको सञ्चालक गोविन्द पोखरेलले बताए। पोखरेलका अनुसार २०७० सालमा स्थापना भएको केन्द्रले मधेसा, बबिया र इनरुवामा गरी चार स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ।

केन्द्रले समूहमार्फत कृषक कल्याण कोषसमेत स्थापना गरेको पोखरेलले बताउनुभयो। कोषमा ८५ हजार रुपैयाँ सङ्कलन भएको र केन्द्रका तर्फबाट पाँच प्रतिशत रकम थप गरि सञ्चालन गरिएको उनको भनाइ छ। अजित कुमार झा/रासस

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...