back
NMB ad

दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जाइ–इन विजयी !

Kumari bank ad

दक्षिण कोरियामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा उदारवादी उम्मेदवार मुन जाइ–इनले जित हासिल गरेका छन् । मुनले कुल मतदानको ४१.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी कन्जरभेटिभ उम्मेदवार हङ जुन–पियोले २३.३ प्रतिशत मत प्राप्त गरेको बिबिसीले जनाएको छ ।

हाल विद्यमान दक्षिण कोरियाको नीति बदल्दै उत्तर कोरियासँग बृहत्त वार्ता गर्नुपर्ने धारणा मुनको रहेको छ । दक्षिण कोरियामा भ्रष्टाचार मुद्धामा भुतपूर्व राष्ट्रपति पार्क जेयुन हाइलाई पदमुक्त गरिएपछि राष्ट्रपतिको निर्वाचन समय अगावै गरिएको थियो । पार्कलाई आफ्नी निकटम साथीलाई विभिन्न कम्पनीसँग पैसा उठाउन अनुमति दिएको आरोपमा लागेको थियो । तर पार्कले भने आफूले त्यस्तो अनुमति नदिएको बताउँदै आएकी छिन् ।

दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मुनको सपथ ग्रहण बुधबारका लागि तय गरिएको बिबिसीले जनाएको छ । दक्षिण कोरियामा मुनको राष्ट्रपतिका रुपमा भएको उदयलाई उत्तर कोरियासँग सम्बन्ध विस्तारको आयामका रुपमा हेरिएको छ । मुनले उत्तर कोरियासँग लामो समयदेखि चल्दै आएको दुई पक्षीय टकरावलाई सकारात्मक सम्बन्धमा विस्तार गर्न चाहेको बताइएको छ ।

विगत दश वर्षदेखि दक्षिणले उत्तरप्रति गरेको नाकाबन्दीको ठिक विपरित उनको नीति उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने रहेको पनि बिबिसीले जनाएको छ । हालै अमेरिकाले दक्षिण कोरियामा गरेको प्रतिरक्षा प्रणालीको स्थापनाको पनि मुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

सन् २००० ताका सरकारमा रहँदा दक्षिण कोरियासँग ‘सनसाइन’ नीति रहेको थियो । जसको अर्थ उत्तर कोरियासँग सहकार्य भन्ने थियो जुन उत्तर कोरियाले आणविक हतियार परीक्षण गरेसँगै तोडिएको थियो ।

मुनको विजयसँगै दक्षिण कोरियाको उत्तरका विषयमा भएका नीतिमा परिर्वतन आउने संकेत देखिएपनि उत्तर कोरियाली शासक किम जोङ उनसँग वार्ता गरेर उत्तरले संचालन गरिरहेको आणविक महत्वकांक्षा अन्त्य हुनेमा आशंका गरिएको बिबिसीले जनाएको छ ।

पछिल्ला आठ वर्ष सोल र वासिङ्टनले उत्तरलाई कडा नाकाबन्दी गरिरहेका छन् । जसलाई नव निर्वाचित राष्ट्रपतिले बदल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...