काठमाडौ । धितो नभएकै कारण बैंकबाट कर्जा लिन नपाएकाहरुलाई लक्षित गर्दै राष्ट्र बैंकले ल्याएको नीति कार्यान्वयनमा आउन थालेको छ । बैंकहरुले जागीरेहरुलाई बढीमा १५ लाख रुपैयाँसम्म कर्जा धितो बिना नै बैंकहरुले प्रवाह गर्नुपर्ने नीति बैंकहरुले कार्यान्वयनमा ल्याउन थालेका हुन् ।
आफ्नो सम्पति नभएका, भाडामा बस्ने तर नियमित आम्दानी भएकाहरुले पनि ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो नीति ल्याएको जनाएको छ । जसअनुसार, आफूँले जागीर खाएको कार्यालयको तलबी खाता बैंक तथा वित्तीय संस्थामा भएका जागीरेले सोही बैंक तथा वित्तीय संस्थाबाट विना धितो नै कर्जा पाउनेछन् ।
आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा बैंकहरुले यस्तो ऋण प्रवाह गर्नेछन् । यस्तो ऋणको किस्ता नियमित आम्दानीबाट आफैँ कटाउँदै जाने व्यवस्था मिलाइएको छ । राष्ट्र बैंकले यस्तो खालको ऋणमा बैंकहरुलाई केही नीतिगत सहुलियत समेत दिएको छ ।
प्रकाशित मितिः २०७४ बैशाख २८
वि.सं.२०७४ वैशाख २८ बिहीवार १०:२६ मा प्रकाशित